SHARE
कालिका खबर · मङगलबार १९ साउन २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत घुससहित पक्राउ

काठमाडौं : नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।भुक्तानी रकमको कमिसनका विषयमा बारम्बार मोलमोलाइ गर्दै सेवाग्राहीलाई दुःख हैरानी दिएको र घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। अख्तियारको टोलीले तामाङलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–१६ बालाजुबाट नियन्त्रणमा लिएको जनाएको छ। तामाङविरुद्ध घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको आदेशअनुसार म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ।