SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत १ लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई नियन्त्रणमा लिएको छ । सोमबार तामाङलाई सेवाग्राहीबाट एक लाख घुस लिइसकेको अवस्थामा काठमाडौँ महानगरपालिका वडा नं. १६, बालाजुबाट नियन्त्रणमा लिइएको हो ।