SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

ग्यास आपूर्ति सहज बनाउने प्रशासनको पहल

झापा । जिल्ला प्रशासन कार्यालय झापाले खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा समस्या देखिएपछि समाधानका लागि पहल सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा आज उद्योगी तथा व्यवसायीसँग भएको छलफलमा ग्यास आपूर्ति, वितरण तथा देखिएका समस्याका विषयमा समीक्षा गरिएको छ ।