SHARE
Kalo Pati · मङगलबार १९ साउन २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

‘सरकारले सुकुमबासीलाई बन्धक बनायो, डोजरले भरोसा भत्कायो’ : भीष्मराज आङ्देम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमबासी बस्तीमा विना तयारी डोजर चलाएर सरकारले नागरिकको बाँच्ने भरोसा नै भत्काइदिएको बताएका छन्। मङ्गलबार प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै उनले सरकारको ‘स्टन्ट’ ले गर्दा हजारौँ नागरिक बिचल्लीमा परेको उल्लेख गरे।