SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव छैन: सरकार

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव नरहेको दाबी गरेकी छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले यस्तो दाबी गरेकी हुन् ।