SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ११:०० AM · 1 मिनेट पढाइ

इरानलाई ट्रम्पको ‘अन्तिम अवसर’ चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता जारी रहेको दाबी गर्दै तेहरानलाई सम्झौतामा पुग्न ‘अन्तिम अवसर’ रहेको चेतावनी दिएका छन् । इरानले भने वासिङ्टनसँग प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गर्दै आफूहरूको संवाद केवल हर्मुज जलघाँटीमा सुरक्षित जलमार्ग सुनिश्चित गर्ने विषयमा ओमानसँग केन्द्रित रहेको जनाएको छ ।