SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

अर्थतन्त्रको पुनरुत्थानका लागि बैंकिङ क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्गलवार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।