SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ

काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेकपा (एमाले) ले सरकारसँग जवाफ माग गरेको छ । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले भारतीय सेनाले सिभिल ड्रेस लगाएर नेपाली भूमिमा प्रवेश गरेको भन्दै सरकारसँग जवाफ माग गरेका हुन् ।