नेपाली सेनाबाहेक अर्को सेना हुनै सक्दैन, सरकारले ‘हिन्दू सम्राट सेना’ खारेज गरोस्ः हर्क साम्पाङ
काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफूसहित पार्टीका नेताहरुमाथि जनकपुरस्थित जानकी मन्दिरमा दुव्र्यवहार भएको विषय संसदमा उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले एउटा सांसद् निर्वाध रुपमा देशभर घुम्न पाउने अवस्था नरहेको भन्दै आपत्ति जनाए ।
