SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

एजेन्सी । युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक उद्धार अभियानका क्रममा मारिएका इजरायली कमान्डो तथा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका जेठा दाजु लेफ्टिनेन्ट कर्नेल योनातान नेतान्याहुको स्मृतिमा स्मारक अनावरण गरेको छ । यो कदमलाई सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ ।