साहसको शिखरदेखि हिउँको गहिराइसम्म, निर्मल पुर्जाको अधुरो अन्तिम प्रार्थना
हिमालका लागि उनी केवल एउटा नाम थिएनन्, उनी एक आँधी थिए—जसले असम्भव मानिएका पर्खालहरूलाई भत्काउने साहस गर्थे। जसले संसारलाई भनिदिए, “मान्छेको इच्छाशक्तिभन्दा अग्लो कुनै हिमाल हुँदैन।” तर, नियतिको खेल कस्तो रह्यो भने, जुन हिमाललाई उनले आफ्नो घर माने, त्यही हिमालको एउटा चिसो झोक्काले आज विश्व पर्वतारोहण इतिहासको एउटा देदीप्यमान तारालाई आफूभित्र बिलिन गराएको छ।
