SHARE
Kalo Pati · मङगलबार १९ साउन २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक, महाधिवेशनबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। भोलि केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार बैठक अपराह्न १२:३० बजे सुरु हुनेछ। बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विविध विषयमा छलफल हुने उनले बताए।