सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
राजविराज । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महादेवा गाउँपालिका–१, चिम्टीस्थित महुवा खोलानजिक सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पकरीबाट बथनाहातर्फ जाँदै गरेको प्रदेश २–०१–००६ प २४९६ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण सडक किनारको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक महादेवा गाउँपालिका–१ रामटोलका ३५ वर्षीय सन्तोष राम र पछाडि सवार सोही स्थानका ३७ वर्षीय शंकर राम गम्भीर घाइते भएका थिए ।
