गुणस्तरहीन फर्नेस आयल आपूर्तिमा आयल निगमले विद्युत् प्राधिकरणलाई ११.२१ करोड क्षतिपूर्ति तिर्नुपर्ने
काठमाडौं । गुणस्तरहीन फर्नेस आयल आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड २१ लाख १८ हजार ८८६ रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। सर्वोच्च अदालतले जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै निगमलाई प्राधिकरणले व्यहोरेको क्षतिको भरपाई गर्न आदेश दिएको हो। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले करारअनुसार गुणस्तरीय इन्धन उपलब्ध गराउन नसक्नु आयल निगमको जिम्मेवारी भएको ठहर गरेको छ। वैशाख ११, २०८० मा भएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो।
