नेपाली बजारमा आउँदै एमजी यू९ ईभी: प्रिमियम इलेक्ट्रिक पिकअप नाइमा अटो शो २०२६ मा सार्वजनिक हुँदै
काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधन (ईभी) प्रति आकर्षण तीव्र रूपमा बढिरहेका बेला एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स ले नयाँ प्रिमियम इलेक्ट्रिक पिकअप एमजी यू९ ईभी नेपाली बजारमा ल्याउने भएको छ। कम्पनीले आगामी साउन २७ देखि भदौ ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डप मा आयोजना हुने नाइमा अटो शो २०२६ मा एमजी यू९ ईभीलाई पहिलोपटक सार्वजनिक प्रदर्शन गर्ने तयारी गरेको छ। अटो शोमा आगन्तुकहरूले यसको मस्कुलर डिजाइन, आधुनिक प्रविधि र प्रिमियम फिचर्स प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्। नेपाली बजारमा एमजी यू९ ईभी ‘लग्जरी’ र ‘फ्ल्यागसिप’ गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ।
