SHARE
कालिका खबर · सोमबार १८ साउन २०८३ ०३:५९ PM · 1 मिनेट पढाइ

रोटरी क्लब अफ भादगाउँद्वारा २ सय बिरुवा रोपेर वृहत् वृक्षारोपण

भक्तपुर । रोटरी क्लब अफ भादगाउँले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले २ सय बिरुवा रोपेर वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। रोटरी वर्ष २०२६/२७ अन्तर्गत आयोजित कार्यक्रम नगरकोट जाने बाटोस्थित मयूर अर्गानिक रिसोर्ट परिसरमा सम्पन्न भएको हो। कार्यक्रममा क्लबका अध्यक्ष रोटेरियन बाबुराम खड्काको नेतृत्वमा पदाधिकारी, सदस्य, परिवारजन तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न प्रजातिका २ सय बिरुवा रोपिएको क्लबले जनाएको छ। रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहलाई समेत प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।