SHARE
लोक पथ · सोमबार १८ साउन २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

नुवाकोटको म्यागङ गाउँपालिकाका कर्मचारी एक लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका एक कर्मचारी सेवाग्राहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्यागङ गाउँपालिकाका सूचना अधिकारीसमेत रहेका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तामाङलाई सोमबार साँझ काठमाडौंको बालाजुस्थित एक गेष्टहाउसबाट रंगेहात पक्राउ गरेको हो ।