SHARE
कालिका खबर · सोमबार १८ साउन २०८३ १२:५३ PM · 1 मिनेट पढाइ

घृणाको राजनीतिले वामपन्थी मतदाता टाढिए : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिष्ट आन्दोलनले इतिहासबाट आवश्यक शिक्षा लिन नसक्दा अहिले संकट र रक्षात्मक अवस्थामा पुगेको बताएका छन्। २४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले इतिहासको गौरवगान मात्र गरेर नहुने, त्यसबाट शिक्षा लिएर वर्तमानका चुनौती सामना गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘हामीले हाम्रो इतिहासका गुनगान त धेरै गायौं, तर इतिहासको पाठ सिक्न सकेनौं। त्यसकै कारण आज कम्युनिष्ट आन्दोलन संकटमा छ, रक्षात्मक अवस्थामा छ।