नागपोखरीबाट लागुऔषधसहित ४ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं । काठमाडौंको नागपोखरीबाट सशस्त्र प्रहरीले विभिन्न लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्रको टोलीले २९६.७५ ग्राम ब्राउनसुगर, २ सय २० चक्की ट्रामाडोल र १ सय ३० नाईट्रोभेट क्याप्सुलसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
