न्यून गुणस्तरको दुध बेचेपछि जय शम्भु डेरीलाई कारबाही, ए वान पोलीमारलाई विभागको यस्तो निर्देशन
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ए वान पोलीमार एण्ड वेभरेज प्रालि र जय शम्भु डेरी उद्योगमा अनुगमनपश्चात कारबाही गरेको छ । विभागमा आएको गुनासो र उजुरीपछि गरिएको अनुगमनमा कैफियत भेटिएपछि दुवै व्यवसायलाई कारबाही र आवश्यक निर्देशन दिइएको हो ।
