SHARE
लोक पथ · सोमबार १८ साउन २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

‘सुनको २५ किलोको बिक्री सीमा र वितरण प्रक्रियालाई व्यवहारिक बनाउनुपर्छ’

काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले सुनको मौजुदा वितरण प्रणालीलाई परिमार्जन गरी सहज र पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् । सोमबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै सचिव उपाध्यायले हाल कायम रहेको दैनिक २५ किलोको बिक्री सीमा र वितरण प्रक्रियालाई व्यावहारिक बनाउन आवश्यक रहेको उल्लेख गरेका हुन् ।