SHARE
कालिका खबर · सोमबार १८ साउन २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

न्यून गुणस्तरको ४ हजार लिटर दूध नष्ट, दुई खाद्य उद्योगमा विभागको अनुगमन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त उजुरीका आधारमा मिति २०८३ साउन १५ गते काठमाडौं र भक्तपुरका दुई खाद्य उद्योगमा संयुक्त निरीक्षण तथा अनुगमन गरी आवश्यक कारबाही गरेको छ। विभागका अनुसार कागेश्वरी मनोहरा–७ स्थित ए वान पोलीमर एण्ड वेभेरेज प्रा.लि. मा अनुगमनका क्रममा उद्योगको टायल टुटेको, बाहिरी वातावरण अव्यवस्थित रहेको तथा सरसफाइ सामान्य अवस्थामा रहेको पाइएको थियो। उद्योगलाई नियमित सरसफाइ कायम गर्न, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ। साथै थप अनुसन्धानका लागि प्रयोगशाला परीक्षणार्थ नमुना समेत संकलन गरिएको विभागले जनाएको छ।