महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन्। यसअघि आठ वटा समितिले पूर्णता पाइसकेकोमा पछिल्लो विस्तारसँगै महासंघका थप तीन समितिले पूर्णता पाएका हुन्। महासंघअन्तर्गत हाल विभिन्न २५ वटा विषयगत समिति रहेका छन्। महासंघका केन्द्रीय सदस्य हेमन्त गोल्छाको सभापतित्वमा बैंक, फाइनान्स तथा बीमा समिति, सविन श्रेष्ठको सभापतित्वमा मेला समिति तथा संघर्ष विष्टको सभापतित्वमा पर्यटन तथा हवाई यातायात समिति विस्तार गरिएको हो। महासंघ सचिवालय, टेकुमा आयोजित कार्यक्रममा तीनै समितिका उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको थियो।
