SHARE
कालिका खबर · सोमबार १८ साउन २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न उच्चस्तरीय निर्यात व्यवसायी टोली प्रस्थान

काठमाडौं । नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्दै व्यापार विस्तार गर्ने उद्देश्यका साथ निर्यात व्यवसायीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल सोमबार ओमन प्रस्थान गरेको छ। परराष्ट्र मन्त्रालय तथा ओमनस्थित नेपाली दूतावासको पहलमा आयोजना गरिएको भ्रमणले नेपाली वस्तुको बजारीकरण, निर्यात प्रवर्द्धन तथा नेपाल–ओमनबीच प्रत्यक्ष व्यावसायिक साझेदारी (बीटुबि) विस्तार गर्ने लक्ष्य राखेको छ। निर्यात व्यवसायी महासंघ नेपालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलको नेतृत्व महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले गर्नुभएको छ।