सुनकोशीमा खसेको कारको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन
काठमाडौं । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार खसेको कार र यात्रुको खोजीका लागि गोताखोरसहितको टोली परिचालन भएको छ । कार दुर्घटनाको खबर पाएपछि खोजीकार्यको लागि विपद् व्यवस्थापन बेश खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन भएको हो ।
