सिन्धुलीको फिक्कलबाट यात्रुसहित कार सुनकोशीमा खस्यो
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरबाट यात्रुसहितको कार सुनकोशी नदीमा खसेको छ । सोमबार बिहान करिब साढे ११ बजे कार नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कारमा कति जना यात्रु थिए भन्ने यकिन भइसकेको छैन ।
