मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार मंगलवार दिउँसो करिव २ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डबाट करिव एक हजार मिटर तल खसेर दुर्घटना भएको हो ।
