प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि सर्वदलीय बैठक राख्नुपर्छ: आङ्देम्बे
काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र साहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार सभामुख डोलप्रसाद अर्यालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।
