सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूको कार्यसम्पादनको सम्मानस्वरूप आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम शनिबार (२०८३ साउन १६) काठमाडौंको ग्वार्कोस्थित रोयल टुलिप होटलमा भव्य रूपमा सम्पन्न गरेको छ। एक हजारभन्दा बढी सहभागीको उपस्थितिमा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्दै विभिन्न विधामा छनोट भएका सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरू सहभागी भएका थिए। कार्यक्रमभर सम्मान, उत्साह, प्रेरणा र सफलताको वातावरण देखिएको कम्पनीले जनाएको छ। कार्यक्रमको औपचारिक उद्घाटनसँगै कम्पनीले नयाँ आई–सोलुसन प्रणाली ‘Version Next’ सार्वजनिक गरेको छ।
