SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

अनशनरत नर्स रानाभाटको स्वास्थ्य अवस्था गम्भीर, माग पूरा गर्न नर्सहरू प्रदर्शनमा (तस्बिरहरू)

काठमाडौं। १५ बुँदे माग राख्दै साउन १४ गतेदेखि नेपाल नर्सिङ परिषद् परिसरमा सत्याग्रह (अनशन) सुरु गरेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। रक्तचाप र रगतमा चिनीको मात्रा अत्यधिक घटेपछि शनिबार वीर अस्पताल भर्ना गरिएकी रानाभाटलाई स्वास्थ्य अवस्था थप जटिल बनेपछि आईसीयूमा सारिएको हो।