SHARE
लोक पथ · सोमबार १८ साउन २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

साउनको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको तेस्रो सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित मुलुकभरका विभिन्न शिवालयहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ । विशेष गरी सोमबारको दिन भगवान शिवको पूजा–आराधना र दर्शनका लागि बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको हो । पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरू लामवद्ध भएर दर्शन गरिरहेका छन् ।