सिम्रिक एयरलाई पोखरामा पूर्णकालिन ‘स्काई डाइभ’को अनुमति
सिम्रिक एयरले पोखरामा पूर्णकालिन स्काई डाइभको अनुमति पाएको छ । कम्पनीले भगिनी कम्पनी ‘इन स्काई स्काईडाइभ’मार्फत नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान)बाट पूर्णकालिन स्काईडाइभ सेवा सञ्चालनको अनुमति प्राप्त गरेको हो । यसअघि ‘स्पेशल पर्मिशन’ लिएर मात्रै स्काई डाइभिङ गराइरहेको कम्पनीले अब भने पूर्णकालिन अनुमति पाएको हो ।
