‘आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाएर हिंसाको दोष अरूलाई थोपरियो’ : पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई सडकमा उतारेर हिंसा मच्चाउने र त्यसको दोष विपक्षीमाथि थोपर्ने गरेको आरोप लगाएका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा सत्तापक्षको पछिल्लो रणनीतिमाथि तिखो व्यङ्ग्य गरेका हुन् ।
