SHARE
कालिका खबर · सोमबार १८ साउन २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भई २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ४३ हजार ४८५ रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ।