SHARE
Kalo Pati · सोमबार १८ साउन २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

दुर्गा प्रसाईको पक्राउको धवलशम्सेर राणाद्वारा निन्दा, तत्काल रिहाइको माग

काठमाडौं । राजावादी नेता डा. धवलशम्सेर राणाले आफ्ना सहकर्मी दुर्गा प्रसाईको पक्राउको निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन्। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै राणाले आलोचना, फरक मत तथा मत–अभिमत लोकतान्त्रिक पद्धतिका आधारस्तम्भ भएको उल्लेख गरेका छन्।