पश्चिमी अमेरिकामा भीषण गर्मीः जनस्वास्थ्य र डढेलोको जोखिम उच्च
एजेन्सी । अमेरिकाको पश्चिमी क्षेत्रमा शनिवारदेखि सुरु भएको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । तापक्रमले कीर्तिमानी स्तर कायम गरेसँगै स्वास्थ्य समस्या र डढेलोको जोखिम उच्च बनेको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले क्यालिफोर्निया, एरिजोना, नेभाडा र उटाहका विभिन्न भागहरूमा अत्यधिक गर्मीको चेतावनी जारी गरेको छ ।
