SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

विदेशमा पनि बढ्यो ‘बेहुली’को क्रेज, नेपालअघि नै सात देशका शो ‘सोल्ड आउट’

काठमाडौँ । आगामी भदौ २६ गते (सेप्टेम्बर ११) देखि नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’ ले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय उत्साह बटुलेको छ। प्रदर्शनअघि नै विभिन्न देशमा आयोजना गरिएका शोहरू ‘सोल्ड आउट’ भएपछि चलचित्रको विदेश प्रदर्शन थप व्यापक बन्ने भएको छ। निर्माण टिमले सार्वजनिक गरेको जानकारीअनुसार चलचित्र अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, दुबई, कतार र बहराइनमा प्रदर्शन हुनेछ।