SHARE
कालिका खबर · सोमबार १८ साउन २०८३ ०३:२३ AM · 1 मिनेट पढाइ

काठमाडौंसहित यी चार जिल्लामा आज आकस्मिक बाढीको ‘उच्च’ जोखिमको पूर्वानुमान

काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आज (साउन १८) आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस दिन काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको ‘उच्च’ जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।