SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ ०१:३५ AM · 1 मिनेट पढाइ

घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा पुर्‍याउँछ : मन्त्री रिमाल

गण्डकी । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले नेपालीमा बढ्दो घुम्ने संस्कृतिले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुगेको बताएकी छन् । मनाङस्थित एकीकृत सेवा कार्यालयमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले पर्यटन क्षेत्र चलायमान हुँदा आर्थिक गतिविधिमा टेवा पुग्ने उल्लेख गरिन् ।