अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न ४ जना पक्राउ
काठमाडौं । अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) मा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रही अन्तर्राष्ट्रिय कल बाइपास गर्ने ४ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
