रास्वपाका कार्यकर्ताहरु हिन्दुवादी अभियन्ता हुन पाउँछन् : मनिष झा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरु हिन्दुवादी अभियन्ता हुन पाउने बताएका छन् । आइतबार जनकपुरमा पत्रकारहरुसँग कुराकानीका क्रममा उनले हिन्दु सम्राट सेनामा रास्वपाको कार्यकर्ता पनि भएको स्वीकार गर्दै यस्तो बताएका हुन् ।
