SHARE
कालिका खबर · आइबार​ १७ साउन २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

चुनावपछि देशको नेतृत्व हाम्रो पार्टीले गर्नेछ : घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बागमती प्रदेशमा मात्र सीमित नरहेर देशव्यापी रूपमा नै उज्यालो नेपाल पार्टीको सरकार बन्ने परिदृश्य तयार भइरहेको बताएका हुन् । देशमा छिट्टै स्थानीय निकाय र प्रदेशको निर्वाचन हुन गइरहेको उल्लेख गर्दै घिसिङले उक्त चुनावहरूमा उज्यालो नेपाल पार्टीले अत्यधिक सशक्त र प्रभावकारी भूमिका खेल्ने स्पष्ट पारे। उनले भने, ‘आगामी चुनाव, स्थानीय निकायको चुनाव र प्रदेशको चुनाव चाँडै नै आउँदैछ।