SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ । विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्रीवितरण भइरहेका विभिन्न प्रकारका मासिल तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो ।