SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ ०७:३६ AM · 1 मिनेट पढाइ

शान्तिको कामना गर्दै गृहमन्त्री गुरुङले गरे पूजार्चना

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामना गर्दै जानकी मन्दिरमा पूजार्चना गरेका छन्। गृहमन्त्री गुरुङ दुई दिनदेखि जनकपुरधाममा रहेका छन्। सो क्रममा उनले जानकी मन्दिर पुगेर पूजाअर्चना गरेका हुन्। गृहमन्त्री गुरुङलाई जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गरेका थिए। उनीहरूले गृहमन्त्रीलाई फूलप्रसाद प्रदान गरेका थिए।