‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः शङ्कर पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेको छ । उक्त पार्टीका महासचिव शङ्कर पोखरेलले आज शोक वक्तव्य जारी गर्दै दिवङ्गत आरोहीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । पार्टीका तर्फबाट उहाँले शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
