SHARE
लोक पथ · आइबार​ १७ साउन २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

उत्कृष्ट बीमा अभिकर्तालाई आइएमई लाइफको सम्मान

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट काम गर्ने बीमा अभिकर्तालाई सम्मान गरेको छ । काठमाडौंको होटल याक एन्ड यतीमा आयोजित ‘व्यवसाय उत्कृष्टता सम्मान समारोह २०२६’ मा ३५० भन्दा बढी बीमा अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ ।