काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका अनुसार आइतबार बिहान ६ बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी अन्य विभिन्न कसुरमा ७०२ सवारी कारबाहीमा परेका छन्।
