SHARE
कालिका खबर · आइबार​ १७ साउन २०८३ ०५:१२ AM · 1 मिनेट पढाइ

राष्ट्रिय कोदो दिवस : रैथाने बालीको उत्पादन र बजारीकरण विस्तारमा मूल्य शृङ्खला सुदृढ गर्न जोड

काठमाडौं । रैथाने बाली कोदोको संरक्षण, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र बजारीकरणलाई प्रभावकारी बनाउन मूल्य शृङ्खला सुदृढ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। दोस्रो राष्ट्रिय कोदो दिवस–२०८३ को अवसरमा शनिबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२, ठोकर्पामा आयोजित कार्यक्रममा वक्ताहरूले कोदोको बढ्दो महत्वलाई दृष्टिगत गर्दै उत्पादन, प्रशोधन र बजार विस्तारका लागि राज्य, निजी क्षेत्र, सहकारी तथा किसानबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका हुन्।