SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ ०४:२९ AM · 1 मिनेट पढाइ

निर्मल पुर्जाको निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को पाकिस्तानस्थित ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उनको जन्मस्थल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा सोमबार शोक बिदा रहने जनाएको छ।