देशमा धार्मिक द्वन्द्व देखिनु हुँदैन, सबै मिलेर बस्नुपर्छः गृहमन्त्री
काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा अब कुनै पनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने बताएका छन् । धनुषामा हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् । सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा जोड दिए ।
